कोहलपुर : नेकपा एमाले क्षेत्र नं. १ बाँकेले शनिवार कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा १५३ जनाले रक्तदान गरेको क्षेत्रीय कमिटी संयोजक कुश्माखर बस्यालले जानकारी दिए । उनका अनुसार क्षेत्र नं.१ का संघीय सांसद सूर्य ढकालसहित नेता तथा कार्यक्रकर्ताहरुले रक्तदान गरेका थिए । त्यसक्रममा पूर्वमन्त्री बस्नेतलले एमाले क्षेत्र नं.१ ले सामाजिक कार्यसँगै मानवीय सेवामा समेत सघाउने कार्यक्रम गरेकोमा धन्यवाद दिए ।
उनले रगत अभावकै कारण कुनैपनि मानिसले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा पार्टीका नेता तथा कार्यकर्ताहरु पनि सचेत भएर रक्तदान कार्यक्रममा सहभागि भएकोमा खुसी व्यक्त गरे । यस्तै संघीय सांसद ढकालले एमालेले विकास निर्माणका काममात्रै नगरेर मानवीय सेवाका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने गरेको उल्लेख गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य शान्ती ढकाल, संबिधानसभा सदस्य देभराज भार, एमालेका जिल्ला सचिव बलराम भटट्राई लगायत उपस्थिति थिए ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.