नेपालगञ्ज, – पौरखी बहुउद्देशीय सहकारी संस्था लिमिटेड नेपालगञ्जको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले सहकारी संस्था स्थानीय समुदायको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहकारीको सुदृढता र पारदर्शिताका लागि सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले पौरखी बहुउद्देशीय सहकारीको प्रगतिको प्रशंसा गर्दै यसले सदस्यहरूको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो ।
अध्यक्ष दुर्गाप्रसाद अधिकारीले सहकारीले सामुदायिक आर्थिक सशक्तिकरणमा पु¥याएको योगदानको चर्चा गर्दै सदस्यहरूको निरन्तर सहभागिता र सहयोगका कारण संस्था आजको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले सहकारीलाई थप पारदर्शी र सदस्यमैत्री बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष अधिकारीले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पुर्णदेव गिरीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभामा आर्थिक वर्ष २०८०÷०८१ को प्रगति विवरण तथा चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ को यथार्थ आयव्यय प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, तथा लेखासुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरिएको छ ।
संस्थाले सहकारी डिभिजन कार्यालय नेपालगञ्ज बाँकेमा मिति २०६४ साल २ महिना ३१ गते दर्ता भई २८ जना शेयर सदस्य र २८ हजार सेयरपुँजीबाट सुरु गरेको थियो । हालसम्म आइपुग्दा शेयर सदस्य संख्या १ हजार ३ सय ५५ पुगेको छ, जसमध्ये ७ सय ४४ जना पुरुष र ५ सय ८१ जना महिला रहेका छन् । संस्थाको शेयर पुँजी १ करोड ६७ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५ करोड ९० लाख ७७ हजार ५०१ रुपैयाँ रहेको छ । यस्तै, निक्षेप ४ करोड ४८ लाख ४ हजार ४ सय ६० रुपैयाँ रहेको संस्थाका अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको सम्मान गरिएको थियो । विशिष्ट व्यक्ति, असल बचतकर्ता, असल उद्यमी, असल कर्जा, जेष्ठ नागरि, एसईईमा राम्रो नजिता ल्याउने उत्कृष्ट छात्रछात्रालाई सम्मान गरिएको आयोजकले जानकारी गराएको छ ।
“सहकारी सुशासन प्रबिधि र एकिकरण” भन्ने मुल नाराका साथ १८ औं बार्षिक साधारणसभा कार्यक्रममा राष्ट्रिय सहकारी वैङ्क लिमिटेडका संचालक विजया धिताल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ बाँके तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ काठमाडौंका सञ्चालक भुपेन्द्र अधिकारी पौरखी बहुउद्देश्यीय सहकारीका विज्ञ सल्लाहकार हरिप्रसाद तिमिल्सिना, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख डा. लालमणि आचार्य, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपालगन्ज वडा नं. १८ का वडा अध्यक्ष दिपक बर्मा, सामाजिक विकास मञ्च बाँकेका अध्यक्ष घनश्याम उपाध्याय, वरिष्ठ सल्लाहकार, मनोज चौधरी, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठ, कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख नारायणी अधिकारी, लगायत शेयरधनि, बचतकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।