रोजनी क्षेत्री, पोखरा – पोखरा महानगरपालिका कृषि तथा पशुबिकास महाशाखा को विस्तारसेवा : ग्रामीण जीवनको उज्यालो यात्रा–एक कृषि विद्यार्थीको अनुसन्धान यात्रा
सारांश
पोखरा महानगरपालिका अन्तर्गतको कृषि तथा पशु बिकास महाशाखाले प्रदान गरेको विस्तार सेवाले किसानहरूको जीवनमा कसरी उज्यालो परिवर्तन ल्याइरहेको छ भन्ने अध्ययन गर्ने क्रममा एक कृषि विद्यार्थीको रूपमा मैले प्रत्यक्ष अनुभव गर्न पाएको छु । यस सेवाले ग्रामीण क्षेत्रका किसानहरूलाई नयाँ प्रविधिको पहुँच दिलाएर, उत्पादनमा वृद्धि गराएको र उनीहरूको जीवन स्तरमा सुधार ल्याएको छ । अध्ययनले विस्तार सेवाको कार्य क्षमता, यसको पहुँच, र किसानहरूको समग्र जीवनमा सकारात्मक प्रभावको बृहत्मूल्याङ्कन गरेको छ ।
परिचय
नेपालको ग्रामीण जीवन कृषि र पशुपालन सँग गहिरो रूपमा जोडिएको छ । कृषिमा प्रयोग हुने प्रविधिहरूको प्रयोग, उत्पादन वृद्धि, र किसानहरूको आर्थिक स्थितिको सुधारमा सरकारी सेवा प्रणालीले कस्तो भूमिका खेलिरहेको छ भन्ने जान्नका लागि विस्तार सेवाको अध्ययन महत्त्वपूर्ण छ । एक कृषि विद्यार्थीका रूपमा मैले सैद्धान्तिक रूपमा विस्तार सेवा प्रणाली बारे धेरै कुरा पढेकी थिएँ, तर प्रत्यक्ष रूपमा यसको प्रभावको अध्ययन गर्न पाउनु, किसानहरूको वास्तविक जीवनसँग नजिकको सम्बन्ध स्थापित गर्नुको मिठास बेग्लै थियो । पोखरा महानगरपालिकामा रहेका किसानहरू लाई सेवा प्रदान गर्ने यस प्रणालीले उनीहरूको जीवनलाई नयाँ बाटोमा कसरी डोर्याउँदैछ भन्ने अध्ययन मेरो अनुसन्धानको प्रमुख लक्ष्य थियो ।
अनुसन्धानका उद्देश्यहरू
यो अध्ययनले निम्न उद्देश्यहरूलाई समेटेको छ । १– कृषि तथा पशुपालन विस्तार सेवाले किसानहरूको जीवनमा ल्याएको सुधारको अध्ययन ।
२– विस्तार सेवा प्रणालीले उत्पादनशिलतामा पुर्याएको प्रभावको विश्लेषण ।
३– किसानहरूले सेवाबाट प्राप्त गरेका ज्ञान र सीपको उपयोगिताको अध्ययन।
४– विस्तार सेवा प्रणालीमा रहेका अवसर र चुनौतीहरूको मूल्याङ्कन।
अनुसन्धान विधि
मैले यस अध्ययनका लागि पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका किसानहरूसँग प्रत्यक्ष अन्तर्वार्ता र छलफल गरेको थिएँ । यो अध्ययन गुणात्मक र मात्रात्मक दुवै विधिमा आधारित थियो । किसानहरूको अनुभवको आधारमा प्रश्नावली तयार गरेर तथ्याङ्क संकलन गरिएको थियो । साथै, सेवाका अधिकारीहरूसँग पनि साक्षात्कार गरी विस्तार सेवाको पहुँच र यसको प्रभावकारिताको विश्लेषण गरिएको थियो । प्रत्यक्ष फिल्ड भ्रमणले अनुसन्धानमा वास्तविकता पत्ता लगाउन सहयोग पु¥यायो ।
फिल्ड अनुभव
कृषि विद्यार्थीका रूपमा म पोखराका विभिन्न गाउँहरूमा पुगें, जहाँ मैले किसानहरूको उत्साह र मेहनतलाई नजिकबाट हेर्ने अवसर पाएँ । त्यहाँको माटो, पानी, र किसानहरूको परिश्रमले उनीहरूको जीवनको मिठास महसुस गर्न सकिन्थ्यो । विस्तार सेवाका अधिकारीहरू गाउँ–गाउँ पुगेर किसानहरूको समस्याहरू सुन्ने र समाधानको उपाय सुझाउने काममा जुटिरहेका थिए । यसले मलाई विस्तार सेवा प्रणालीको महत्व बुझ्न थप मद्दत गर्यो । उत्साह र सहयोगको भावना लिएर किसानहरूसँग भेट्न जान्थे । उनीहरूले किसानहरूलाई नयाँ बिउबिजन, मल, सिंचाइ प्रणालीको प्रयोग बारे जानकारी दिन्थे ।
उनीहरूले पशुपालकहरूलाई पशुको स्वास्थ्य जाँच, दुध उत्पादन सुधार, र औषधिको प्रयोग बारे तालिम प्रदान गरेका थिए । विस्तार सेवामा र्फत धेरै किसानहरूले खेती र पशुपालनमा नयाँ प्रविधिहरू अपनाएर आफ्नो उत्पादन क्षमता वृद्धि गरेका थिए । उपभोक्ताको बढ्दो माग, वातावरण मैत्री, दिगो तथा गुणस्तरीय कृषि उत्पादनको लागि प्रांगारिक उन्मुख कृषि प्रणालीको आवश्यकता छ । स्थानीय तथा बाह्यपर्यटकको माग सम्बोधन गर्न जैविक विविधता, स्थानीय बस्तुको प्रयोग तथा प्रचारप्रसारको लागि कृषि पर्यटनमा जोड दिनु उत्तिकै जरुरी देखिन्छ । यसक्षेत्रलाई बिशेष रुपमा चिनाउने र विगत देखिनै व्यवसायिक रुपमा उत्पादन गरिदै आएका कृषि उत्पादनलाई थप बिस्तार, ब्यवसायिक, गुणस्तरीय र रोजगारी मूलक बनाउने योजना संचालन गर्ने मुख्य उद्देश्य रहेको छ । पोखरा महानगर भित्र सम्भावना रहेका बिभिन्न बालीहरु वा कृषि उपजहरुलाई क्षेत्र बिस्तार गर्दै बिभिन्न सरोकारवालाहरुको सहकार्यमा प्रवद्र्धन गर्ने र यी क्षेत्रबाट उत्पादन हुने कृषि बस्तुहरुलाई ब्रान्डिंग गरी स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा लैजाने लक्ष्य रहेको छ । यिनै पृष्ठ भूमिलाई मध्य नजर गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली र बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था गर्दै कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ ।
१– भूमिको वैज्ञानिक उपयोग– सामुहिकर सहकारी खेती, सार्वजनिक जग्गाको प्रयोग, जग्गा चक्ला बन्दी, करार, बाझो जमिनको सदुपयोग, भुमी बैंक मार्फत जग्गाको परिचालन
२– आधुनिक कृषि प्रविधिहरुको अवलम्बन – गुणस्तरीय उत्पादन सामाग्री, आधुनिक कृषि प्रविधी प्रदर्शन, असल कृषि अभ्यासको प्रयोग, डिजिटल कृषि
३– सिंचाइमा जोड – प्लाष्टिक पोखरी, पाइप सिंचाई, टयांकी, लिफ्ट प्रणाली, थोपा सिचाईको प्रयोग
४– यान्त्रिकीकरण – कस्टम हायरिंग सेन्टर स्थापना, उत्पादन प्रबर्दनको लागि बाली बिशेष तथा भूगोल अनुसार महिला मैत्री कृषि यन्त्रको उपयोग तथा परिचालन
५– किसान बर्गिकरण, डिजिटल कृषि तथ्यांक तथा प्रचारप्रसार – आधारभुत तथा बिश्वसनिय कृषि तथ्यांक संकलन, उपयोग, जनस्तर सम्म सूचनाको पहुँच, जनचेतना, प्रविधी हस्तान्तरण
६–प्रतिफलमा आधारित प्रोत्साहन प्रणाली – कृषि उपज उत्पादन, क्षेत्रफल तथा बजार योग्य बस्तुको उल्लेख्य वृद्धि गर्ने समूह, सहकारी, उद्यमीलाई गुणस्तरको आधारमा प्रोत्साहन गर्ने
७– गुणस्तर नियन्त्रण, अनुगमन, स्वच्छ बस्तु उत्पादन तथा ब्रान्डिंड – नियमित बिषादी अवशेष बिश्लेषण परिक्षण, पोषण तत्व परिक्षण तथा प्रचार, बाली बिशेष लोगो लगाइ बजारिकरण गर्ने
८– वातावरणमैत्री कृषि प्रविधी – प्रांगारिक खेतीमा जोड, कृषि पर्यटन, जैविक विविधताको संरक्षण, प्रबद्र्धन र उपयोग, प्राकृतिक प्रकोप न्युनिकरण योजना
९– क्षमता बिकास, ज्ञान, सीप क्षमता अभिवृद्धि तथा प्राविधिक सेवा स् सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि, सिपमूलक तथा क्षमता अभिवृद्धि तालिम, बाली बिशेष अनुसार बिज्ञ प्राविधिकको व्यवस्था गरी नियमित सेवा प्रवाह गर्ने, सेवा केन्द्र मार्फत वार्ड स्तरमा नियमित सेवा प्रबाह
१०–समन्वय, सहकार्य, सहलगानी, दिगोपना स् एकद्धवार प्रणाली मार्फत अन्य संघसंस्थासँगको साझेदारीमा कार्यक्रम संचालन गर्ने, निजीक्षेत्रको लगानी आकर्षिक गर्ने, एकीकृत कृषि बिकासको मोडलमा कार्यक्रम संचालन गर्ने, स्थानीयको संलग्नता, साझेदारीता तथा स्वामित्वको सुनिस्चितता गर्ने पछिल्लो समय कृषि उत्पादनको बजारीकरणको लागि कृषि एम्बुलेन्स सञ्चालन उत्पादन लागतको आधारमा कृषि उपजको उत्पादनको लागतको आधारमा न्यूनतम समर्थन मूल्यको ग्यारेण्टी गरी उत्पादन गर्नेहरुलाइ बजारको सुनिश्चित गरेको छ
निष्कर्षहरू
१– सकारात्मक प्रभाव विस्तार सेवाले किसानहरूको खेतबारीमा हरियाली ल्याएको छ । सिंचाइ व्यवस्थापन र आधुनिक खेती प्रविधिको प्रयोगले उत्पादनमा महत्वपूर्ण सुधार आएकोछ । किसानहरूले मल, बिउ बिजन, र अन्य आवश्यक सामग्रीहरू समयमा पाएकोले उनीहरूको खेतीमा सुधार आएको थियो । सेवाबाट उनीहरूले सिकेका नयाँ सीपले उत्पादन बढाएर उनीहरूको आम्दानीमा वृद्धि गरेको थियो, जसले गर्दा उनीहरूको आर्थिक स्थिति सुदृढ भएको पाइयो ।
२– पशुपालनमा सुधार
पशुपालन क्षेत्रमा पनि विस्तार सेवाको प्रभाव महत्वपूर्ण देखियो । पशुपालकहरूले आधुनिक तालिम लिएर पशुको स्याहार सुसारमा सुधार गरेका थिए । दुध उत्पादनमा वृद्धि, पशुको स्वास्थ्यमा सुधार, र रोग नियन्त्रणमा सेवाले सकारात्मक योगदान पुर्याएको थियो । पशुपालकहरूको घर आँगनमा समृद्धि फैलिएको अनुभव थियो, जुनविस्तार सेवाको नतिजा हो ।
३– प्रविधिको पहुँच
प्रविधिको सहज पहुँच विस्तार सेवाको एउटा महत्वपूर्ण पक्ष थियो । सेवाले ग्रामीण क्षेत्रमा रहेका किसानहरूलाई नयाँ प्रविधि बारे जानकारी दिने, त्यसको सही प्रयोग गर्न सिकाउने, र आवश्यक सामग्रीहरू उपलब्ध गराउने काम गरिरहेको थियो । यसले कृषिमा उत्पादकत्व वृद्धि मात्रै होइन, किसानहरूको आत्मविश्वास बढाउने काम पनि गरेको थियो ।
४– समुदायमा परिवर्तन
सेवा प्रणालीले समुदायमा पनि सकारात्मक परिवर्तन ल्याएको थियो । गाउँका मानिसहरू बीच सहकार्य र मेलमिलापको भावना बढेको देखियो । विस्तार सेवाका कार्यक्रमहरू किसानहरू बीचको एकता, सहयोग, र ज्ञानको आदानप्रदानमा महत्व पूर्ण भूमिका खेलिरहेका थिए । यसले केवल कृषि र पशुपालनमा मात्र होइन, ग्रामीण समाजमा समृद्धिको उज्यालो फैलाएको थियो ।
अनुभवहरू
फिल्ड भ्रमण र प्रत्यक्ष अनुभवः
एक कृषि विद्यार्थीका रूपमा पोखरा महानगरपालिकामा कृषि तथा पशु बिकास महाशाखासँग काम गर्दा मैले विभिन्न वडामा रहेका किसानहरू सँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाएँ । मेरो प्रमुख भूमिका किसानहरूलाई सेवा प्रदान गर्ने प्रक्रियाको अवलोकन र उनीहरूलाई नयाँ प्रविधि तथा तालिमहरूमा सहयोग गर्नु थियो । फिल्ड भ्रमणमा किसानहरूको जीवनशैली, उनीहरूको खेती गर्ने तरिका, र पशुपालनका चुनौतीहरूलाई नजिकबाट बुझ्नपाउनु मेरो लागि महत्त्वपूर्ण अनुभव थियो ।
किसानहरूसँग अन्तर्वार्ता
मैले किसानहरूसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर उनीहरूले विस्तार सेवाबाट पाएको सहयोग र तिनको जीवनमा आएको परिवर्तन बारे बुझ्न प्रयास गरें । किसानहरूले प्राविधिक तालिम र नयाँप्रविधिको प्रयोगले आफ्नो उत्पादनमा कसरी सुधार ल्याइरहेको छ भन्ने कुरा उत्साह पूर्वक बताए । यो मेरो लागि अध्ययनको महत्व पूर्ण पक्ष रह्यो, जसले किसानहरूको अनुभवमा आधारित विश्लेषण गर्न सहयोग पुर्यायो ।
तालिम कार्यक्रममा सहभागिता मैले विभिन्न तालिम कार्यक्रममा पनि सहभागी हुन पाएँ, जहाँ किसानहरू लाई आधुनिक कृषि विधि, जैविक मलको उपयोग, र पशुपालनमा नयाँ प्रविधिहरूको बारेमा प्रशिक्षण दिइन्थ्यो । तालिममा सहभागी हुँदा मैले किसानहरूको जिज्ञासा, नयाँ ज्ञानको उपयोग गर्न उनीहरूको रुचि, र सेवा प्रदायकहरूको समर्पणलाई अनुभव गरेँ । तालिमको प्रभावकारीता हेर्दा विस्तार सेवाको महत्व अझ स्पष्ट भयो ।
व्यवहारिक ज्ञानको प्रयोग
कृषि विद्यार्थीका रूपमा मैले सैद्धान्तिक रूपमा सिकेका कुराहरूलाई व्यवहारिक रूपमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा सिक्न पाएँ । खेतबारीमा गएर बिउ छर्ने, सिंचाइ प्रणालीको अवलोकन गर्ने, र पशुपालनमा सघाउने कार्यहरू गर्दा मैले व्यवहारिक सीपहरूलाई अझ राम्रोसँग बुझ्न सकेँ । ग्रामीण क्षेत्रमा कसरी नयाँ प्रविधि र ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा देख्दा मलाई कृषि क्षेत्रमा थप अनुसन्धान गर्ने प्रेरणा मिल्यो ।
प्राविधिक ज्ञानको प्रभाव
मैले सेवा केन्द्रमा रहेका प्राविधिक कर्मचारीहरूसँग पनि काम गर्ने अवसर पाएँ । उनीहरूले किसानहरूको समस्या समाधान गर्न, बिउबिजन वितरण, सिंचाइ व्यवस्थापन, र पशुपालनमा औषधि वितरणमा मद्दत पुर्याइ रहेका थिए । उनीहरूको काममा सहभागी हुँदै मैले प्राविधिक ज्ञानलाई कसरी व्यवहारमा लागू गरिन्छ भन्ने कुरा नजिकबाट देख्न पाएँ ।
समुदायसँगको अन्तक्रिया
गाउँका किसानहरूसँगको अन्तरक्रियाले मलाई उनीहरूको संघर्ष, आशा, र सफलता बुझ्न मद्दत गर्यो । उनीहरूको जीवनको अभिन्न हिस्सा बनेको कृषि तथा पशुपालन सेवाले उनीहरूको दैनिकीमा कस्तो भूमिका खेलिरहेको छ भन्ने कुराले मेरो अध्ययनलाई थप सजीव बनायो । यो अनुभवले मलाई ग्रामीण विकासमा प्राविधिक विस्तार सेवाको महत्त्व, त्यसमा रहेका चुनौतीहरू, र सम्भावनाहरू बारे गहिरो बुझाइ दिन मद्दत गर्यो ।
निष्कर्ष
पोखरा महानगरपालिकाको कृषि तथा पशुपालन विभागद्वारा प्रदान गरिएका विस्तार सेवाहरूले किसानहरूको जीवनमा मिठो परिवर्तन ल्याएको छ । एक कृषि विद्यार्थीका रूपमा मैले यो सेवा प्रणालीको महत्त्व र यसको प्रभावकारितालाई नजिकबाट अध्ययन गर्न पाएँ । विस्तार सेवाले केवल प्राविधिक सहयोग मात्रै होइन, किसानहरूको जीवनमा आशा र उत्साहको संचार पनि गरेको छ । यसले ग्रामीण जीवनमा समृद्धिको वातावरण सिर्जना गरेको छ ।
सुझावहरू
१– सेवा प्रणालीको सुधार
विस्तार सेवाको पहुँच अझ व्यापक बनाइयोस् । किसानहरूको आवश्यकतालाई अझ राम्रो सँग बुझे र सेवा प्रदान गर्न सकेमा यसको प्रभावकारिता अझ बढ्ने छ । सेवा प्रदायकहरूले नियमित रूपमा किसानहरूसँग संवाद गरेर उनीहरूको समस्याको समाधानमा केन्द्रित हुनुपर्छ । २–प्रविधि र तालिमको प्रोत्साहन
किसानहरूलाई नयाँ–नयाँ प्रविधिको प्रयोग बारे तालिम दिन अझ जोड दिनु पर्छ । स्थानीय भाषामा तालिम प्रदान गरेर उनीहरूलाई सजिलैसँग नयाँ ज्ञान प्राप्त गर्न सहयोग गर्नुपर्छ । आधुनिक प्रविधिको पहुँच ग्रामीण किसानहरू सम्म पुग्नसके, उनीहरूको उत्पादन क्षमता उल्लेखनीय रूपमा बढ्न सक्छ ।
३– अवस्थागत सुधार
सेवा केन्द्रहरूको सञ्जाल अझ विस्तार गर्न आवश्यक छ । प्रत्येक गाउँ र वडामा सेवा केन्द्रहरूको स्थापना गरेर किसानहरूलाई सहजै सेवा प्राप्त गर्न सघाउनु पर्छ । यसले किसानहरूको उत्पादन शिलता मात्रै होइन, उनीहरूको समग्र जीवनस्तरमा सुधार ल्याउन ठूलो भूमिका खेल्ने छ ।
कृषक पहिचान
असली किसानलाई मात्र अनुदान दिने कुरा, कागजी प्रक्रिया भन्दा प्रत्यक्ष निरीक्षणमा आधारित पहिचान आवश्यक छ । साना कृषकहरूलाई समेट्नेस् साना कृषकलाई पनि समेट्नु पर्ने आवश्यकता । अनुदान वितरणस् उचित किसानलाई अनुदान दिनु, चेक जाँच राम्रोसँग गर्नु, र अनुगमन बढाउनु । वास्तविक किसानको पहिचानस् वास्तविक किसानको सही पहिचान आवश्यक छ ।
कृषकको प्राविधिक फर्ममा पुग्ने वातावरण स् कृषक कार्यालयको सट्टा प्राविधिक कृषकको फर्ममा पुग्नुपर्छ। सही किसानलाई अनुदान दिनेस् अनुदान दिँदा, वास्तविक किसानलाई मात्र दिनुपर्छ । समूहलाई सहयोग स् समूहलाई बीउ, बिमा, र अन्यसमर्थन दिनुपर्ने । अनुगमन र निगरानी स् निरन्तर अनुगमन, निगरानी, र कार्यक्रमको प्रभावकारिता जाँच गर्नुपर्छ । सहभागितास् ५०५ सहभागिता सुनिश्चित गर्नु ।वास्तविक कृषकको मूल्यांकनस् फिल्ड माग ई वास्तविक कृषकको मूल्यांक नगर्नु । स्रोत कार्यालयको अध्ययन प्रतिवेदन”
निष्कर्ष
कृषि विद्यार्थीका रूपमा यो अनुसन्धानले मलाई ग्रामीण जीवनर विस्तार सेवा प्रणालीको गहिरो बुझाइ दिलायो । यसले ग्रामीण क्षेत्रमा प्राविधिक सेवा कसरी किसानहरूको जीवनमा उज्यालो ल्याइरहेकोछ भन्ने कुरा प्रस्ट रूपमा देखायो । सेवा प्रदायक र किसानहरू बीचको समन्वयले केवल आर्थिक उन्नति मात्र होइन, सामाजिक र सांस्कृतिक परिवर्तनको पनि संकेत दिएको छ । विस्तार सेवा प्रणालीले किसानहरूको जीवनमा आशा, समृद्धि, र उज्यालो भविष्यको बाटो खोलिरहेको छ ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.