विनोद थारु – नेपालगन्ज : हिटलर कै कुरा गर्दा महामानव विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा नितान्त नश्लबादी चिन्तनको राजनीतिक दर्शनबाट पाउन सकिन्छ ।
यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा हिटलरको उदय भएको हो । उनले राष्ट्रवादलाई विकृत रूपमा नश्लवादमा प्रवेश गराए । हिटलरको भनाइ थियो उनको मुलुक जर्मनी संसारको सबैभन्दा ठूलो शक्ति राष्ट्र हुन्छ वा देशका रूपमै रहँदैन । यसका लागि लडाइँ लड्नुपर्छ, नलड्नेलाई बाँच्ने अधिकार छैन ।
राष्ट्रिय, समाजवादको सैद्धान्तिक आवरणमा पहिलो विश्वयुद्धपछि जर्मनीमा स्थापना भएको नाजी पार्टी हिटलरको संगठनको आधार बन्न पुग्यो । नेपालमा पनि राजनीतिक ब्याक्तित्वहरु नक्कली कम्युनिस्ट, समाज बाद, र खोक्रो राष्ट्रियबादको नाममा गुटबन्दी, नश्लबाद, बिभेद, शुशाशन आजको राजनीतिक दलमा निरंतरता पाएको त छैन? प्रश्न ?
नेपालको संबिधान २०७२ का तमाम धारा उपधारा, संघियता, गणतन्त्र र भ्रष्टाचारको विरुद्धमा कानुनलाई कार्यान्वयन गर्न सकेको छैन । यसकारण नेपालमा हिटलरको उदयको प्रमुख कारण यो पनि हो । सन् १९२३ मा नै हिटलरले जर्मन सरकारलाई वैधानिक सत्ताबाट मिल्काउने प्रयत्न गरे । तर सकेनन् । यसपछि उनलाई ५ वर्षको जेल सजाय सुनाइयो । जेलमा हुँदा उनले आफू र आफ्नो राजनीतिक दृष्टिकोणले भरिएको ‘मेन क्याम्फ’ (मेरो संघर्ष) नामको पुस्तक पनि लेखे ।
यसमा उनले नाजी पार्टीको सिद्धान्त्तहरूलाई विवेचना गरेका थिए । सन् १९३२ सम्म जर्मनीको संसद्मा नाजीहरूको सदस्य संख्या २३० पुगिसकेको थियो । सन् १९३३ मा जर्मनीको अल्पमतको सरकारका चान्सलर बनेपछि हिटलरले जर्मनीको संसद्लाई भंग गरे । संविधान र प्रजातान्त्रिक कानुनहरूबाट उनी सञ्चालित हुन चाहँदैनथे ।
दलहरूलाई लघारे । कम्युनिस्ट पार्टीलाई पनि उनले गैरकानुनी बनाए । तत्कालीन राष्ट्रसंघ (लिग अफ नेसन्स) को सदस्यता पनि छोडे । त्यसपछि उनको उद्देश्य सैन्य शक्ति बढाउनुबाहेक अरू केही थिएन । हिटलर सम्हालि नसक्नु भइसकेका थिए ।
१९३३ मा उनी जर्मनीको सत्तामा पुगेपछि जर्मनीको एउटा नश्लवादी साम्राज्यको स्थापनाको प्रक्रिया अनवरत रूपमा अघि बढ्न थाल्यो । तर शक्ति संघर्षमा लागेका युरोपेली मुलुकहरूले यसलाई त्यति महत्व दिएनन् । कतिपयमा त्यो क्षमता पनि थिएन । उल्टै सन् १९३८ मा टाइम म्यागाजिनले हिटलरलाई ‘म्यान अफ द इयर’ घोषणा ग¥यो । सन् १९३९ मा उनलाई झन्डै नोबेल पिस प्राइज दिइएको थियो ।
सानो नानी हुँदा पुजारी बन्ने रहर भएको र वयस्क भइसक्दा पनि कालो बिरालीसँग डराउने यसकारण सट्टा परिबर्तन हुन्छ । आफुले गरेको ठिक अरुले गरेको बेठिक जस्ता बिभेदकारी निति नेपालको राजनीतिमा अहिले पनि हाबी नै देखियो । बिभेद र नश्लबादीको चेपुवामा परेको ब्यक्ति सट्टामा पुगेपछि हिटलर जस्तै नश्लवादी मात्र होइन डरलाग्दा तानाशाहका रूपमा स्थापित हुन सक्छन् । चेतना भयः ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.