नेपालगन्ज : कैलालीको गौरीगंगा नगरपालिका–१० मा रहेको होमस्टे नुक्लीपुरमा थारु कला संस्कृतिले भरिएको पौराणिक कलाले सजिदै छ । थारु कला संस्कृति झल्कने चित्रले झनै थारु होमस्टेको शौन्दर्यता झल्कने उद्देश्यका साथ पौराणिक कला रहित चित्रले भित्तामा सजाउने कार्य भैरहेको नुक्लीपुर सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष दिनेश दहितले बताउनुभयो । विभिन्न कलाले भरिएका चर्चित डान्स डाइरेक्टर तथा मोडल विवश जिएचले नुक्लीपुरको होमस्टेमा विभिन्न चित्र कोरिरहेका छन् । भित्तामा थारु परम्परा झल्कने चित्रले सजिएका छन् । जसमा पुराना थारु बस्ती (गाउँघर) महिलाले आफ्नै पहिरनमा ढकिया बोकेको, वरिपरि जंगल, आगन सफा गर्दै गरेको चित्र, बालवालिकाले आफ्नै हात्ते पाग्रा बनाएर गुडाएको चित्र मजाले सजिएको मनमोहक दृश्य भित्तामा उतार्ने कार्य चित्रकार, डान्स डाइरेक्टर विवश जिएचले बनाउदै हुनुहुन्छ । चित्र बनाउन होस या जुनसुकै कलाले भरिएका चित्रकार विवश देश विदेशमा समेत आफ्नो कला प्रदर्शन होस या चित्र कोर्न पुग्ने गरेको अनुभव सुनाउनुहुन्छ । विद्यालयका हरेक वाल, मठमन्दिर, थारु गाउँ लगायत अष्टमीको चित्र त झनै एक दिनमै कति भ्याउने गरि धेरै गाउँमा निम्तो आउने गरेको चित्रकार कलाकार विवशले बताउनुहुन्छ । थारु समुदायको अटवारी पर्व लक्षित नुक्लीपुरहोमस्टेमा सामुहिक दर खाने तथा ब्रर्त बस्ने कार्यक्रमको समापनमा साँस्कृतिक साँझको आयोजना गरिएको थियो । साँस्कृतिक साँझमा चर्चित चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो जसमा बर्दियाका चर्चित डान्स डाइरेक्टर विवश जिएच र लक्ष्मी चैधरीको पनि दमदार प्रस्तुती रहेको सामुदायिक होमस्टेका संचालक दिनेश दहितले बताउनुभयो ।
यही २४ गते १२ प्रकारको खाना प्रदर्शन गरि साँस्कृतिक साँझमा हामी होमिएका थियो उहाँले भन्नुभयो । प्रकृति र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हरेक चाडपर्वमा नुक्लीपुर होमस्टेमा धुमधामका साथ पर्व मनाउने प्रवद्र्धन गरिएको अध्यक्ष दहितले बताउनुभयो । होमस्टेमा आउने पाहुनाहरुलाई मध्यनजर गर्दै उनिहरुको माग अनुसार सांस्कृतिक साँझ समेत प्रस्तुत गरिने गरेको उहाँले बताउनुभयो । यहाँ थारु परिकारमा घोघी, सिध्रा, ढिक्री, खुर्सानीको चटनी, आलुको अचार, लोकल माछा, गेगटा, मुसाको चटनी, लोकल कुखुरा, अनदी चामलको भात, रक्सी, महुवाको रक्सी लगायतका विभिन्न प्रकारका थारु परिकारको स्वाद लिन सकिने अध्यक्ष दहितले बताउनुभयो । पाहुनाहरुको माग अनुसार सास्कृतिक साँझमा सखिया नाच, लठ्ठी, हुरदुङगवा, झुम्रा लगायतका सांस्कृतिक नाच देखाएर मनोरञ्जन प्र्रदान गर्न सकिने अध्यक्ष दहितले बताउनुभयो । नुक्लीपुरमा ५ वटा सामुदायिक होमस्टे रहेका छन् ।