नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेको अधिवेशन शनिवार सम्पन्न भएको छ । जिल्लाको ११ औ अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिले १७ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिबेशनबाट थाकस बाँकेको सभापतिमा संगीता चौथरी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी चयन हुनुभएको छ । यस्तै सचिवमा विष्णु कुमारी चौधरी, सहसचिवमा परशुनारायण थारु, कोषाध्यक्षमा मनोज कुमार थारु सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा कालू राम थारू, भिख्खु थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु, प्रदेशराम थारु चयन हुनुभएको छ । अधिवेशनबाट ८ जना पार्षद चयन गरिएको छ जसमा नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु, चन्द्र बहादुर चौधरीलाई सर्वसम्मत पार्षद चयन गरिएको छ । ११ औं अधिवेशनको सभापति विनोद थारुले गर्नुभएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद भुवनेश्वर थारु रहनुभएको थियो । ११ औं अधिबेशन कार्यक्रममा थाकस बाँकेलाई विभिन्न समय योगदान पु¥याउनुभएका दर्जन बढि व्यक्तिलाई कदर र दोसल्ला सहित सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.