जनक चौधरी – बर्दिया- एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालको आयोजनामा स्थानीय अधिकार परियोजना अन्तर्गत
न्यायिक समिति र एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रभावकारिता न्याय प्रक्रियाका लागि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आज गुलरियामा सम्पन्न भएको छ।
कार्यक्रममा एकद्वार संकट व्यवस्थापन भनेको के हो, यसको प्रभावकारिता के छ, ओसीएमसी बाट प्रदान गर्ने सेवाहरू के के छन्, एकद्वार संकट व्यवस्थापन केन्द्रको अवधारणा का विषयमा छलफल भएको थियो।
नेपाल को सबैभन्दा जेठो यअmअ बर्दिया जिल्लाको जिल्ला अस्पतालमा रहेको कुरा कार्यक्रमका सहभागीहरूलाई जानकारी गराइएको थियो। बर्दिया जिल्ला अस्पतालमा २०६८ सालदेखि एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालन मा रही आएको कुरा जानकारी गराउनुभयो।
यसैगरी एकद्वार संकट व्यवस्थापन केन्द्रले दिने सेवाको बारेमा जानकारी गराउनुभएको थियो।। सोही क्रममा स्वास्थ्य सम्बन्धी सेवाहरू, मनोसामाजिक परामर्श सेवा, सुरक्षा,
सेवा केन्द्र सुरक्षित आवासको व्यवस्था त्यसैगरी कानुनी परामर्श र उपचार जस्ता सेवाहरू एकद्वार संकट व्यवस्थापन केन्द्र बर्दियाले दिँदै आएको कुरा जानकारी गराउनुभयो। सो अन्तक्रिया कार्यक्रमको सहजीकरण बर्दिया नागरिक समाज सञ्जालका अध्यक्ष तथा महिला अधिकारकर्मी हिमा सुनारले गर्नुभएको थियो।
यसैगरी अन्तरक्रिया कार्यक्रममा एकद्वार संकट व्यवस्थापन केन्द्र बर्दियाका प्रतिनिधि सपना बाठा मगर ले ओसी एमसीका प्रभावकारिता भएतापनि तालिम प्राप्त दक्ष कर्मचारी पर्याप्त मात्रामा नभएकोले सेवा प्रवाहमा कठिनाई भएको बताउनुभयो। लैङ्गिक हिंसा मा परेका किशोर किशोरी महिलाहरुलाई सेवा प्रवाहका क्रममा कानुनी परामर्श दिन कठिन भएको कुरा जानकारी गराउनुभयो र ओसी एमसीलाई अझै प्रभावकारी बनाउनका लागि स्थानीय सरकार प्रदेश सरकार त्यसैगरी बर्दिया जिल्लामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरू सँग समन्वय गरेर अगाडि बढ्न सकेमा र यस का फाइदा का बारेमा सबै पालिकामा यहाबाट पाइने निःशुल्क सेवाहरूको बारेमा सुचना पुर्याउनुपर्ने बताउनुभयो।
उक्त कार्यक्रममा गिरह गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी थारु, मधुबन नगरपालिका का उपमेयर अनिता चौधरी, गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम त्यसैगरी न्यायक समितिका पदाधिकारीहरू महिला तथा बालबालिका शाखा का प्रमुखहरू यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका सरस्वती पौडेल आठवटै पालिकाका मेलमिलापकर्ता लगायत गैरसरकारी संस्थाका प्रतिनिधिहरू पत्रकारहरू को उपस्थित रहेको थियो।
यसैगरी अन्तरक्रियाकै क्रममा बर्दिया जिल्लामा रहेका विभिन्न किसिमका जबरजस्तीकरणका घटनाहरू, लैङ्गिक हिंसाहरू, लागू पदार्थ दुर्वेशनी, बालविवाह जस्ता विषयहरूका बारेमा संवेदनशील हुनका लागि एक द्वार शंकर व्यवस्थापन केन्द्र लाई प्रभावकारी बनाउनको लागि सबै पालिकाका उपमेयर महिला तथा बालबालिका शाखा त्यसैगरी विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्ध ता जनाएका छन्।
सो कार्यक्रमको अध्यक्षता ग्रहण कमैया महिला जागरण समाज नेपालको अध्यक्ष विष्णु थारुले गर्नुभएको थियो। समापन कार्यक्रममा बोल्दै अध्यक्ष थारुले स्वास्थ्य शिक्षा रोजगार लगायत विभिन्न विषयमा आफ्नो संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइराखेको जानकारी गराउनुभयो।
यसैगरी कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर सावित्रा कुमारी गौतमले नगर सेवा केन्द्रलाई व्यवस्थित बनाउनको लागि बर्दिया जिल्लाका आठवटै पालिकाहरुबाट आर्थिक संकलन गरी नगर सेवा केन्द्रलाई व्यवस्थित र प्रभावकारी तरिकाले सञ्चालन गर्नुपर्ने बताउनुभयो। आर्थिक अभावका कारण ले सेवा केन्द्रमा प्रभावितहरूलाई राख्न र सेवा प्रदान गर्न समस्या भइराखेको कुरा पनि जानकारी गराउनुभयो। यस्तै आउँदा दिनहरुमा बर्दिया जिल्लामा भएका विभिन्न खाले घटनाहरुलाई न्यूनीकरण गर्नका लागि आठवटै पालिकाका उपमेयर त्यसैगरी महिला तथा बालबालिका शाखा महिला सेवा केन्द्र हरूको प्रत्येक तीन तीन महिनामा बैठक बसी न्यूनीकरणका उपायहरु खोज्ने र सो बैठकको संयोजन कमैया महिला जागरण समाज नेपाल ले गर्ने कमैया महिला जागरण समाजका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले जानकारी गराउनुभएको थियो।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.