नेपालगन्ज : अन्तर्राष्ट्रिय युवा दिवस नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि ः डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस नेपालगन्जमा पनि मनाईएको हो । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेता पनि युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसक्दा दैनिक हजारौ युवा बिदेशीन बाध्य भएको युवाहरुको गुनासो छ ।
अहिले युवाको मुख्य समस्या बेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ ।
सरकारले युवा लक्षित ल्याइएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा रोजगार र उद्यमशीलतामा समस्यामा परेको नेपालगन्जका युवा अभियन्ता बताउछन् । सरकारले युवा लक्षित ल्याइएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा युवाहरु बिभिन्न बाहानामा पलायन हुदै गएको उनीहरुको दुखेसोको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश सांसद रन्न बहादुर खत्रीले उर्जावान युवाहरु बाध्यतामा विदेश पलायन भइरहनु परेको विषयलाई उजागर गर्नुभएको छ । उहाँले देश विकासका लागि सरकारले विदेश पलायन भएका युवाहरुलाई स्वदेश फर्काउने नीति अवलम्वन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ । जोस र जागरले भरिएका युवाहरु आज बाध्यतामा विदेश पलायन भइरहेका छन् । यो क्रम दिनानुदिन बढ्दो छ । विकासको संवाहक युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाएर राष्ट्र उत्थानमा लगाउनुपर्ने आजको आवस्यकता हो ।
सरकारले विदेशमा पलायन भएका युवाहरुलाइ स्वदेशफर्काउने नीति तत्काल अवलम्वन गर्नुपर्छ,’– उहाँले भन्नुभयो । राज्यले युवाको मनोभावना अनुसार काम गर्नुपर्ने बताउँदै युवाहरुले मात्रै देश बनाउन सक्ने उहाले बताउनुभयो । डिजिटल प्रविधिको सदुपयोग गर्न युवाहरुलाई अनुरोध गर्दै लुम्बिनी प्रदेश सासंद खत्रीले । डिजिटल प्रविधिको को बिकाससंगै आफुलाई पनि सकारात्मक परिवर्तन तर्फ ढाल्न आग्रह गर्नुभयो । आफु सामाजिक मन्त्रीको जिम्मेवारीमा रहेका बेला बाँके बाट प्राप्त युवाहरुका मागहरु सम्बोधन गर्ने गरी केही नीति तथा कार्यक्रम ससंशोधन गरेको उहाँले जानकारी गराउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समिर प्रताप सिंहले युवाहरुका समस्या समाधान गर्न नेपालगन्ज उपमहानगरपालिका मार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता जाहिर गर्नुभयो । युवाहरु राष्ट्रका गहनामात्र नभई आवश्यकता समेत रहेकाले युवाहरुलाई पलयान हुनबाट रोक्न उत्कृष्ट निति बनाई कार्यन्वयन गर्न आवश्यक रहेकोे उहाँले बताउनुभयो ।
यसैबिच अन्तराष्ट्रिय युवा दिवस २०२४ को अवसरमा आज नेपालगन्जमा भएको डिजिटल प्रविधिमा युवा, किशोर किशोरीको पहुँच बिषयक अन्तर सम्बाद कार्यक्रममा युवा अभियान्ता सुनिल परियार सम्मानित हुनुभएको छ । बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२४ बाट नगद सहित परियार सम्मानित हुनुभएको हो । कोभिड १९ पछि रगतको अभाव परिपूर्ती गर्न २०२० जुलाई २० मा ब्लड डोनेसन गु्रप संचालन गरि रगत आवश्यक्ता भएका व्यक्तिहरुलाई रगत प्रवाह गर्दै आउनुभएको थियो । परियारले बनाएको ग्रुपकै माध्यमबाट हालसम्म १ हजार २ सय ८१ जनाले रक्तदान गरेका थिए । परियारको उक्त कार्य मुल्याकङ्क गर्दै आयोजकले उहाँलाई नगद राशि सहित सम्मान गरेको थियो ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.