काठमाडौँ, साउन १९ गते। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पा¥यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५–१७ ले पाखा लगाएको हो। तर चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित ग¥यो ।
उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। उक्त प्रतियोगिताअन्तर्गत आइतवार दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलङ्कामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.