नेपालगन्ज – “स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता” भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्तनपान सप्ताह हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
सोही अवसरमा नेपालगन्जमा पनि स्थानीय वेस्टर्न अस्पताल नेपालगन्जले विश्व स्तनपान सप्ताह २०२४ को नारा “स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता” लाई आत्मसात गर्दै भन्ने सहेी विषयमा विषयमा केन्द्रीत रहेर विहीवार एक विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा स्तनपानको महत्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो ।
कार्यक्रममा अस्पतालका वरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले विशेष प्रस्तुति गर्ने क्रममा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र विकासका लागि स्तनपानको महत्वपूर्ण भूमिका भन्नु हुँदै यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा पु¥याउने फाइदाहरुका बारेमा जानकारी दिनुभयो । “स्तनपानले बच्चालाई आवश्यक पोषण तथा पौष्टिक तत्व प्रदान गर्दछ र आमाको स्वास्थ्यमा पनि फाइदा पु¥याउँछ । हामी स्वास्थ्यकर्मी र अरुले पनि सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन गर्नु पर्दछ भन्नु हुँदै वेस्टर्न अस्पतालका निर्देशक समेत रहनु भएका वरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डा. थापाले यसका लागि आवश्यक सहयोग प्रदान गर्न वेस्टर्न अस्पताल नेपालगन्ज प्रतिवद्ध छं ।” भन्नुभयो ।
वेस्टर्न अस्पताल नेपालगन्जका सौगात विक्रम शाहले दिनु भएको जानकारी अनुसार सो कार्यक्रममा आहारविज्ञ सुशील खनालले आमाहरुलाई सुत्केरी अवस्थामा पोषण, खानाको तालिका, खानाका परिकार लगायत अन्य कुरा सम्बन्धि विशेष प्रस्तुति गर्नु भयो ।
कार्यक्रममा सहभागी आमाहरुले स्तनपान बारे आफ्नो अनुभवहरू साझा गरेका थिए भने स्तनपानका चुनौतीहरूबारे छलफल गरिएको थियो । कार्यक्रममा वेष्टर्नअस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान सम्बन्धी सही तरिका र उपायहरका बारेमा चित्रहरु प्रदर्शन गरेका थिए ।
उक्त विशेष कार्यक्रमले आमाहरूलाई स्तनपान सम्बन्धी आवश्यक जानकारी र सहयोग प्रदान गर्न सफल भएको सहभागीहरुले बताए । अस्पतालले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।
विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । आमाको दूधमा रोग निरोधक तत्व हुने भएकोले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव दिने गर्छन् ।
डाक्टरहरुका अनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले शिशुको वृद्धि, विकास र रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि पनि स्तनपानको महत्व धेरै छ । नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवद्र्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.