बाँके श्रवण १ – नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य बिमा कार्यक्रम संञ्चानमा आएको छ । राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा दिनको लागि मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रा. डा. रेशम बहादुर रानाले उद्दघाटन गर्नु भएको छ । उक्त उद्दघाटन शत्रमा बोल्दै उहाँले ‘यो स्वास्थ्य बिमा कार्यक्रम निकै राम्रोसँग अगाडि बढाइने प्रतिवद्धता जनाउनु भएको छ । स्वास्थ्य बिमाको सन्दर्भमा बिगतमा धेरै अनावश्यक कुराहरु प्रचारमा आएको भन्दै त्यसले गर्दा धेरैलाई सशंकित पारेको थियो, त्यसका कारण यो कार्यक्रम अनुसरण गर्न केही ढिला भएको बताउनु भयो ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गर्दै तद्अनुरूप आफ्ना पूर्वाधार विकास गरिरहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कम्पनी सचिव श्याम कुमार शर्माले जानकारी दिनु भएको छ । ’आम जनसमुदायका नागरीकलाई सरकारले अब कोहलपुर शिक्षण अस्पतालमा पनि स्वास्थ्य बिमाको सुविधा दिएको बताउदै ’सबै स्वास्थ्य विमकले स्वास्थ्य उपचारमा सेवा लिन सक्नु हुनेछ ।’
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापनपछि अस्पतालका सुधारका विभिन्न कार्ययोजना अघि सारेको छ । कम्पनी अन्तर्गतका शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरलाई सेवा गुणस्तर सुधार गर्दै अगाडि बढाउने योजनामा काम गरिरहेको छ ।
© 2022 अम्बिकेश्वरीAll right reserved. Website Designed & Developed By:Ninja Infosys.