प्रिय कमरेडहरु, न्यानो अभिबादन
नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना पश्चात त्यसको करिब सात दशकको दौरानमा धेरै नेता, कार्यकर्ता र शुभचिन्तकले योगदान दिएको जगजाहेर छ । हजारौ नेता, कार्यकर्ताले बलिदान दिएको पार्टीमा जोडिन पाउँदा म आफैले गर्वको महशुस गरेको छु । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुस्पलाल लगायतले देखेको सपना पूरा गर्न अहिले आफ्नै गाउँ ठाउँमा पार्टीको पूर्णकालिन सदस्यका रुपमा जोडिन आएको छु ।
देश र जनताको सेवा र आफ्नो समाजको बिकास तथा समृद्धिका लागि ०७४ सालदेखि निरन्तर रुपमा नेकपा एमालेको मुल मोर्चामा आबद्ध भएर काम गरिरहेको छु । मेरो महान कार्यमा सबैको साथ र सहयोग हुँदै आएको छ । जब ५ पुस, ०७८ मा नेकपा फुटेपछि नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यका रुपमा १५ भदौँ, ०८० सम्म करिब (८ महिना) काम गर्ने अवसर पाएको थिएँ । त्यसपछि नेकपा एमालेको लुम्बिनी प्रदेशको १६–१७ भदौँ, २०८० मा बुटवलमा सम्पन्न प्रथम अधिबेशनबाट निर्बाचित भएर हाल बबई गाउँ कमिटीको इन्चार्जको रुपमा खटिन पाउँदा गौरव महशुस गरेको छु ।
बबई गाउँपालिकामा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक अत्यधिक छन् नै पार्टी सङ्गठन, भातृ संस्था पनि निकै जुझारु रहेको मैले पाएको छु । ती संगठनलाई थप ब्यबस्थित तथा चलायमान बनाउन मैले इन्चार्जका हैसियतले थप सहयोग एवम् सुझाव दिने प्रतिबद्धता व्यक्त गर्दछु ।
प्रिय कमरेडहरु
बबई गाउँपालिकामा हिजो नेत्रलाल बुढाथोकीले योगदान गरेको, प्रेमबहादुर थापाले मेहनत गरेको, बलिभद्र वलीले निर्माण गरेको सङ्गठन र त्यसमा मोहनलाल भारती, प्रेमबहादुर खत्री, बीरबहादुर खड्का, तिलकबहादुर डाँगी, धनिराम चौधरीले गरेको अथक संघर्षको कथा इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएको छ । अन्य सबै साथीहरूले गरेको योगदानले नेकपा एमालेको उचाइँ यहाँसम्म पुगेको ब्यहोरा सवै सामु छर्लङ्ग छ ।
हिजोका नेता कार्यकर्ताले गरेको अथक मेहनत र परिश्रमले ०७४ सालमा नेकपा एमालेले स्थानीय तहको निर्बाचनमा बहुमतसहित चुनाब जितेको समेत तपाईं हामी सबैलाई जानकारी नै छ । भुबनेश्वर पौडेलको नेतृत्वको स्थानीय सरकारले उदाहरणीय काम गरेको सवै माझ जगजाहेर छ । यसको ठिक ढंगले प्रचार गर्न नसक्दा र नेता कार्यकर्तामा देखिएको बेमेल र पार्टी फुटले ०७९ सालको निर्बाचनमा नोक्सान ब्यहोर्नु परेको पार्टीको ठम्याई छ ।
प्रिय कमरेडहरु,
नेकपा एमालेको लुम्बिनी प्रदेशको बुटवलमा १९ असोजमा सम्पन्न प्रथम पूर्ण बैठकले मलाई बबईगाउँ कमिटीको इन्चार्जका रुपमा खटाएको छ । मैले पार्टीका पुराना, नयाँ सबै नेताहरुलाई भेटेर पार्टीलाई थप सशक्त बनाउने अभियानमा लाग्ने छु । पार्टीलाई थप बलियो बनाउन र स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन एवम् अन्य स्थानीय संघ÷संस्थाका निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजय बनाउन सल्लाह, सुझाब र तपाईहरुका धारणा समेत माग गर्ने छु ।
म आफू पनि बबईबासी भएको नाताले सबै साथीहरुसंग प्रत्यक्ष भेट्ने र पार्टीलाई बबईमा बलियो बनाउन कसरी सकिन्छ भन्ने ढंगले काम गर्ने छु । साथै मैले यहाँ नाम नलिएका तर, बिगतमा ठूलो योगदान गरेका धेरै नेता, कार्यकर्ता रहेका छन् । उनीहरुलाई साथमा लिँदै ८४४ पार्टी सदस्य, शुभ चिन्तकका सुझाब र सल्लाहलाई शिरोधार गरेर अघि बढ्ने प्रण गरेको छु ।
पार्टीमा हिजो ठूलो योगदान गरेका नेता, कार्यकर्ता, सम्पर्क बाहिर रहेको मैले पाएको छु । पार्टीलाई हिजो अफ्ठेरो परेको बखत योगदान गरेको परिवार सन्तुष्ट नभएको भन्ने मैले सुनेको छु । यस्तो अबस्था कसरी सिर्जना भयो ?, यसको गम्भिर समिक्षा गरेर असन्तुष्ट रहनु भएका नेता, कार्यकर्तालाई तपाईले योगदान गरेको पार्टीमा फर्किए संगठन निर्माणका लागि उचित जिम्मेवारी दिने समेत सार्बजनिक रुपमा प्रतिबद्धता ब्यक्त गर्दछु ।
त्यसैले,
प्रिय कमरेडहरु पार्टी निर्माणका क्रममा कोहि अघि, कोहि पछि जोडिन सक्छ, मुख्य विषय पार्टीलाई बलियो बनाउन सबैले सकेको योगदान गरौँ । बबईमा फेरि नेकपा एमालेको बहार ल्याउन तपाई सवैको साथ सहयोग आबश्यक भएको मैले ठानेको छु । यसका लागि आजैदेखि म मेरो कार्यक्षेत्रमा रहेको छु, तपाईं पनि पार्टी निर्माणमा लाग्नुस । बबईमा नेकपा एमाले बनाउन सबै जुटौँ हार्दिक अभिबादन सहित !