(एनजीओ तथा आईएनजीओको जागिर छोडेर राजनीतितिर लागेका अब्दुल खान जनमत पार्टीका नेता हुन् । ०७९ साल मंसिरमा सम्पन्न आमनिर्वाचन पछि केही समय सो पार्टी संघीय सरकारमा सामेल भएका थिए । त्यसवेला खानले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । पुनः जनमत पार्र्टी सरकारमा जानको लागि खुट्टा उचालिरहेको छ । सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पार्र्टी अध्यक्ष डा. सीके राउतले नियमितजसो भेटघाट र छलफल गर्दै आएका छन् । यद्यपि सरकारमा सहभागी हुने दिन र पार्टीले पाउने मन्त्रालयका बारेमा अझै कुनै टुंगो भने लागिसकेको छैन । पार्टीको उपाध्यक्षसमेत रहेका खानसँग साँघुकर्मीले पार्टीको भावी रणनीतिक योजना, सरकारमा जाने र मुलुकको समसामयिकलगायत विषय बस्तुमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश : सम्पादक)
अन्तर्वार्ता अम्बिकेश्वरी डटकमका पाठकका लागि सान्दर्भिक हुने ठानेर प्रकाशित गरिएको छ– सम्पादक
तपाईहरु संसदीय राजनीतिबाट दिक्क भएपछि फेरि स्वतन्त्र मधेसकै आन्दोलनमा फर्किने समाचारहरु बाहिर आएका छन, वास्तविकता के हो ?
हामीले भन्दैका थियौँ कि हाम्रो आफ्नै सरकार, आफ्नै प्रशासन हुनुपर्छ । हाम्रो सरकार भनेको हाम्रो बहुमतको सरकार हो । बहुमतको सरकार बन्यो भने हामीले जनतामुखी काम गर्न, जनताको चाहना पूरा गर्न सक्छौँ भनेका थियौँ । हाम्रो पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्न पाएको खण्डमा मात्र जनताका लागि काम गर्न सक्छौँ । तर, अब ‘ब्याक’ हुने कुरै छैन । बरु बढी भन्दा बढी सिट कसरी ल्याउने भन्ने बारेमा हामी गम्भीर ढङ्गले लागेका छौँ । परिवर्तनकारी शक्तिहरू मिलेर पनि संसदमा बहुमत ल्याउनुपर्छ भन्ने सोचमा छौँ ।
तपाईंको जनमत पार्टी २ महिना ६ दिन यस अघि वर्तमान सरकारमा सहभागी भएको थियो, मन्त्रालयको बसाईको अनुभव कस्तो रह्यो नि ?
२ महिना ६ दिनको मेरो बसाइ निकै अनुभवी र उपयोगी रह्यो । सरकारको कामकाज कसरी चल्दो रहेछ, आन्तरिक काम गर्न के कस्ता वाधा अड्चन रहेछन भन्ने कुरा नजिकबाट नियाल्ने र मूल्यांकन गर्ने अवसर पाइयो । सरकार सञ्चालन कसरी हुन्छ र त्यसमा मन्त्रीको भूमिका के कस्तो हुन्छ भन्ने यावत कुराहरुलाई नजिकबाट नियाल्न पाइयो । मन्त्रालय मातहतका विभाग, कार्यालय र परियोजनाहरुका बारेमा बुझ्ने मौका पनि पाईयो ।
पार्टीले मागेको मन्त्रालय नपाएर सुरुमा मन्त्रालय नै जानु भएन पछि प्रधानमन्त्री प्रचण्डले कुन औषधि खुवाएर सिंहदरबार छिराउनु भयो ?
हो, यो वास्तविक कुरा त्यही हो । हामीसँग प्रधानमन्त्रीले गरेको सम्झौता अनुसार मन्त्रालय नदिएपछि हामी केही दिन मन्त्रालय सम्हालन गएनौ । त्यसपछि प्रधानमन्त्रीज्यूले हामीलाई आश्वासनको औषधि चाहिं खुवाउनु भयो । त्यो के हो भने तपाईहरु केह दिन कुर्नुहोला । सरकारमा केही फेरवदल भयो भने अवश्य खोजेको र रोजेको जस्तै मन्त्रालय दिने कुरा गर्नुभयो ।
भनेपछि प्रधानमन्त्रीले तपाईहरुलाई दिएको आश्वासन पूरा नगरेकै कारण सरकारबाट बाहिरिनु भएको हो त ?
पछि प्रचण्ड नेतृत्वको सरकारबाट मुख्य घटक दल नेकपा एमाले बाहिरियो । नेपाली काँग्रेस सरकारमा सामेल भयो । त्यति हुँदा पनि सरकारमा रहन र नयाँ मन्त्रालय लिएर सहभागी हुन प्रधानमन्त्रीले जोड गर्नुभयो । संसदमा प्रधनमन्त्री स्वयम् आफैंले जनमत पार्टीलाई मन्त्रालय परिवर्तन गरेर अर्को विकासे मन्त्रालय दिने आश्वासन दिनुभयो । यो विषयलाई मिडियाहरुले पनि हाइलाइट गरेका थिए । त्यसपछि हामीलाई चुनावमा मत दिएर जिताउने जनताको पनि दबाब थपियो । सरकार छोडेको छैन, प्रधानमन्त्रीले तपाईहरुलाई राम्रो मन्त्रालय दिन खोजेको छ भन्ने बुझाई भयो । त्यसपछि हामी बाध्य भएर त्यही मन्त्रालयमा बस्यौ । प्रधानमन्त्री दिएको आश्वान पूरा नगरेपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय ग¥यो । अनि राजीनामा दिएको हुँ ।
दुई महिना ६ दिन खानेपानी मन्त्री हुँदा के के काम गर्नुभयो ?
यति छोटो समयमा एउटा मन्त्रीले के नै धेरै गर्न सक्छ र ? त्यसमा पनि मलाई पहिलो पटक मन्त्री बन्ने अवसर जु¥यो । त्यति अनुभव थिएन । मन्त्रालय मातहतका विभाग, परियोजना, कार्यालयहरुको बिफ्रिङहरु लिने काम गरियो । त्यसपछि मन्त्रालय भित्रको आन्तरिक समस्या के के रहेछ, समाधान कसरी गर्न सकिन्छ भनेर विस्तृत रुपमा ग्राफ नै तयार पारियो । जनताको गुनासो सुनेर सम्वोधन गर्नको लागि कार्ययोजना बनायौं ।
खानेपानी मन्त्रालयको मुख्य काम भनेको जनतालाई सहज रुपमा शुद्ध पानी उपलव्ध गराउने होइन र ?
हो, त्यसका लागि खानेपानी पाईप कहाँ फुटेको छ, कुन एरियामा पुगिरहेको छैन, उपभोक्ताले मिटर पाईरहेको छ कि छैन यी बिषयलाई बढी जोड दिइयो । यी यावत विषयको गुनासो सुन्नको लागि टेलिफोन नम्बर पनि सार्वजनिक ग¥यौं । सिंहदरबारभित्र मेलम्चीको पानीले प्रवेश पाएको थिएन । त्यसपछि विभिन्न निकायहरुमा धाराहरु जडान गरियो । सरकारको मुख्य प्रशासनिक निकाय सिंहदरवारमा मेलम्चीको पानी पिउने वातावरण बनाउनुपर्छ भनेर लागियो । धारा जडान गरियो र उद्घाटन पनि गरियो । मेलम्चीको पानीले सिंहदरबारभित्र प्रवेश पायो । मधेशका विभिन्न जिल्लाहरुमा कल धाराहरु व्यवस्थापन गरियो । पानी परीक्षणको लागि मधेश र लुम्बिनी प्रदेशका गाउँगाउँमा यस्ता कार्य भएका छन ।
तपाई खानेपानी मन्त्री हुँदा सिंहदरबारमा जारको पानी निषेध गर्नुभयो, तर मन्त्रीबाट हटे लगत्तै उक्त निर्णय उल्टियो, हो ?
म मन्त्रीबाट हटेपछि तीन पटक सिंहदरबार पुगें । जडित मेसिनबाट स्वच्छ पानी आउँछ कि आउँदैन भनेर आफैंले धारा चेक जाँच गरें पनि । सारै चित्त दुख्यो । अब म चाँडै खानेपानी मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै छु । धारा जडान गरिएको छ । सरकारी रकम खर्च भइसकेको पनि छ । पानी पनि ल्याइदिएको छ । तर, किन सञ्चालन गरिएको छैन ? मन्त्रीलाई ध्यानकार्षण गर्नको लागि ज्ञापन पत्र चाँडै बुझाउने सोचमा छु । यो पार्टी विशेष र पूर्वमन्त्री विशेषको कुरा भन्दा पनि नागरिकको हितमा हुने कुनै पनि योजना सरकारले ग्रहण गर्नुपर्छ । खानेपानी मन्त्रालय भवनको चौथो तलामा रहेको छ । जस्का कारण सर्वसाधारण नागरिकलाई पुग्न पनि निकै गाह्रो छ । मैले धेरै कोसिस गरेर लिफ्टको व्यवस्था मिलाएँ । यो लिफ्ट सञ्चालनमा छ भने वर्तमान खानेपानी मन्त्रीले पनि प्रयोग गर्नुभएकै होला । हो यही कुरा सोचेर सिंहदरबारभित्र जडान भएको धारालाई सञ्चालनमा ल्याउनुपर्छ ।
अब जनमत पार्टी फेरि सरकारमा जाने विषय बाहिर आइरहकै छन, कहिले जानुहुन्छ ?
खासमा हामीलाई सरकारमा लैजाने कुरामा सत्ता गठबन्धन दलले निर्णय गरिसकेको छ । हाम्रो पार्टीको मनशाय पनि सरकारमा जाने भन्ने नै रहेको छ । तर, निर्णय भन्ने भइसकेको छैन । प्रधानमन्त्रीकी धर्मपत्नीको निधन भएपछि अलि समय लम्बिएको जस्तो लाग्छ । राष्ट्रिय सभाबाट बजेट पनि पारित भइसकेको छ । प्रधानमन्त्रीले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि जनमतलाई सरकार ल्याउँछु भन्नु भएको थियो । हामीले पाउने मन्त्रालय भनेको माओवादीले सम्हाल्दै आएको भागको हुनेछ । प्रधानमन्त्रीले आफ्नो पार्टीभित्रको आन्तरिक विषय मिलाएर हामीलाई जिम्मेवारी दिने होला ।
सरकारमा जाने विषयलाई किन बार्गेनिङ प्वाइन्ट बनाईरहनु भएको छ ?
हामीले सरकारलाई कहिले पनि बार्गेनिङ प्वाइन्ट बनाएको छैन । यो सरकारलाई हामीले सुरुदेखि नै सर्मथन गरेको हो । यो बिचमा विभिन्न पार्टीहरुको सरकारमा सहभागी भएका छन । हामी सरकारको स्थायित्व र विकासमा संकल्पित भएको कारण सर्मथन कायम नै छ । हाम्रो समर्थन कायम रहेको हिसाबले पनि हामीलाई समावेश गराउन जरुरी छ ।
दोस्रो पटक जनमत पार्टी सरकारमा जाने जमर्को गरिहेको छ, सरकारमा तपाईहरुको पोजिसन के हुने हो ?
जनमत पार्टीको जहाँ जहाँ उपस्थिति रहेको छ ती प्रदेश सरकारमा हाम्रो प्रतिनिधित्व हुनुपर्छ । मधेश प्रदेश र लम्बिनी प्रदेशमा हाम्रो प्रतिनिधित्वको माग गर्दै आएका छौं ।
नेकपा माओवादी र साना राजनीतिक दललाई वाइपास गर्दै नेकपा एमाले र नेपाली कागं्रेस मिलेर सरकार बनाउने समाचारहरु पनि बाहिर आइरहेका छन नि ?
हल्ला त बाहिर आइरहेकै छ । अब त्यत्ति विश्वास गरिहाल्नु पर्ने जस्तो लागिरहेको छैन । अर्को कुरा शक्ति केन्द्र र भित्री चलखेल हुने ठाउँमा हाम्रो पहुँच छैन । त्यस कारणले हामी भर्खर नयाँ अभ्यासमा छौं । भित्र भित्रै के के भइरहेको छ ठयाक्कै थाहा भएन । तर पनि अहिले नै हल्ला चले जस्तो भइहाल्ने अवस्था मैले दखेको छैन ।
पहिलो पटकमै सांसद अनि मन्त्री बन्नुभयो, यो राजनीतिक यात्रा कस्तो लागि रहेको छ त ?
वास्तवमा बाहिरबाट हामी जो देखिरहेको छौं भित्र प्रवेश गरिसकेपछि बाहिर भन्दा भित्र निकै फरक छ । काम गर्न निकै अप्ठ्यारो छ । विभिन्न बाधाहरु आइपर्छन् । सरकारमा गएर मन्त्री भइसकेपछि पनि सबै काम गर्न सकिन्छ भन्ने छैन । त्यहाँभित्र बसिसकेपछि बाधाहरुलाई हटाएर अगाडि बढ्नैपर्छ ।
जनमत पार्टीको स्थानलाई ठ्याक्कै कसरी लिनु भएको छ ?
एउटा सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । १० सिट जितेर पनि नेकपा समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । लोकप्रिय र जनताले मनपराएको जनमत पार्टी हो । नेपालको राजनीतिमा जनमत आठौं स्थानमा उदाएको शक्तिको रुपमा रहेको छ ।
मन्त्रालयमा भित्र मन्त्री निर्णयक कि कर्मचारी को बढी हावी हुन्छन् ?
यसमा मन्त्रीको मानसिकता, तगारुकता, काम गर्न सक्ने क्षमता र सोचमा निर्भर पर्छ । कर्मचारीहरु पुरातन सोचका हुन्छन् । कर्मचारीले मन्त्रालयलाई मात्र नभएर विभिन्न समयमा मन्त्री भएकाहरुलाई पनि प्रयोग गर्दै आएका छन् । उनीहरुको अनुभव धेरै छ । मन्त्रीले के गर्न खोजेको हो छ भन्ने कुरा उनीहरुले पहिल्यै थाहा पाइसकेका हुन्छन् । त्यहीँ अनुसार उनीहरु अगाडि बढ्नछन् । मन्त्रीले राम्रो गर्न खोजेको छ भने कर्मचारीले रोक्छन् र बाधा पु¥याउछन् भन्ने छैन । कर्मचारीहरुले पनि सहयोग गर्छन् । यति धेरै कर्मचारीहरुमा दुई चार जना अपवाद भइनै हाल्छन् । तर, सबैले असहयोग गर्छन् भन्ने छैन । मन्त्रीमा पनि भर पर्ने कुरा हो यो ।
तपाईंको दलको भविष्य कस्तो देख्नुहुन्छ ?
हामी पार्टीको संगठन हिमाल, तराई, पहाडसम्म बनाउनुपर्छ भनेर लागेका छौं । पार्टीबाट पनि निर्णय गराईसकेका छौं । यस्तो अवस्थामा हामीलाई मधेशी र मधेश केन्द्रित दल भन्न मिल्दैन । हाम्रो प्रभाव सबै जिल्लामा हुनुपर्छ । हाम्रो संगठन बलियो र ठूलो देखिएको मधेशतिर बढी देखिएको मात्र हो । यसअघि मधेशी र मधेशवादको नामबाट राजनीति गरिरहनु भएका नेताहरु खुम्चिने अवस्थामा पगेका छन् । यो कुरा गत मंसिरको चुनावले पनि प्रमाणित गरिसकेको छ । जनताहरु उनीहरुसँग धिक्कदार भइसकेका छन् । जनमत पाटी परीक्षणमा रहेको छ । जनमतको आकार जनताले ठूलो बनाउँदै लैजाने छन । सबै जिल्लामा पार्टीले संगठन बढाउदै लैजानु पर्छ । अरु मधेशवादी पार्टीहरुको तुलनामा जनमतको भविष्य राम्रो रहेको म देख्छु ।
जनमत पनि सत्ता केन्द्रित राजनीतिमा लागेको आरोप लाग्दैछ नि, अरु दल भन्दा फरक हुनसकेन, खास कुरा के हो ?
सत्ता त राजनीतिक दलहरुलाई आवश्यकता कै कुरा हो । सत्तामा पुग्न कै लागि अहिले प्राय सबै दल सरकारमा मिसिएका छन । तर सत्ताको सदुपयोग वा दुरुपयोग मुख्य बिषय हो । सत्तामा पुगेपछि उद्देश्य, मक्सद के छ, के गर्ने चाहना राखेको छ भन्ने कुरा स्पष्ट हुन्छ । सत्ता विना हामीले के गर्न सक्छौं । एउटा पानीखानेको धारासमेत नागरिकले सहजरुपमा जडान गर्न सक्दैनन् । त्यसकारण सत्तामा जानु स्वाभाविक कुरा हो । सत्तामा नगईकन विकास कुरा गर्छु भनेर दबाब दिनेबाहेक केही हुन सक्दैन । केही गर्नको लागि सत्तामा जानैपर्छ । विकास समृद्धि सम्भव पनि छैन । सत्ता विना हामी आवाज उठाउन सक्छौं । जस्तो संगठन निर्माण गर्न सक्छौं, सरकारलाई दबाद दिन सक्छौं । तर, विकास गर्नको लागि आफैं सत्तामा जानुपर्छ भन्ने मेरो मान्यता र सोच रहेको छ ।
जनताका काम गर्न सरकारमा जानैपर्छ, संसदमा प्रतिपक्षी बेञ्चमा बसेर पनि खबरदारी गर्न सकिदैन र ?
हाम्रो सानो पार्टीले जनताको म्यानडेट अनुसार बाहिर बसेर गर्न सक्दैनन् । हामीले सडकमा बसेर जनताको आवाज उठाएकै हो । पार्टी सरकार भन्दा बाहिर बस्नु कतिखेर उचित हुन्छ भने आकार ठूलो भएपछि । जस्तो अहिले नेकपा एमाले प्रतिपक्ष दलको हैसियतमा बसेको छ । प्रतिपक्षमा बसेर पनि सरकारलाई दबाद दिएर केही गराउन सक्ने हौसियत छ । तर, हाम्रो हौसियत त्यो छैन । सरकारभन्दा बाहिर बसेपनि खासै अर्थ छैन । जनताको जुन म्याडेट छ, जनताले जुन मत हमाीलाई दिएका छन त्यसको आधारमा पनि सरकारमा जानै पर्छ ।
तपाईहरुले अहिले खोजेको कुन मन्त्रालय हो ?
हामीले प्रधानमन्त्रीलाई पटक पटक भन्दै आएका छौं, हामी जुन पृष्ठभूमि र घोषणा पत्रका साथ निर्वाचन जितेर आएका त्यही प्रकृति मन्त्रालय माग गरेका छौं । जनतासँग जुन वाचा गरेका छौं, त्यस अनुसारको मिल्दो मन्त्रालय जनमत पार्टीलाई दिँदा ठिक हुन्छ भन्दै आएका छौं । जस्तो हामीले कृषकका समस्या उठाउँदै आएका छौं, स्वदेशमा रोजगारी सिर्जना र वेदैशिक रोजगारीमा जानेलाई रोक्नुपर्छ भनेका छौं । औद्योगीककरणतर्फ अगाडि बढ्नुपर्छ यस्का लागि पूर्व तयारीका बारेमा आवश्यक तयारीको माग गरिहेका छौं । यिनै विषयसँग सम्बन्धित मन्त्रालय दिँदा राम्रो हुन्छ । शहरी, उद्योग, मन्त्रालयको जिम्मेवारी दिएको खण्डमा हामीले जनताका माझमा जुन वाचा गरेर आएका छौं, त्यहिँ अनुसार काम गरेर देखाउँने छौं । हामीले यहीँ मन्त्रालय चाहिन्छ त भनेका छैनौ ।
फेरि पनि सत्तामा जाँदा तपाई नै मन्त्री बन्ने हो कि अरु सांसदले पनि पालो पाउँछन् ?
मैले दई महिना ६ दिन मात्र खाने पानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएं र के के काम गरें भन्ने कुरा माथि नै बताइसकेको छु । जुन परिस्थितमा म मन्त्री थिएँ त्यही बेलामा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन, विश्वासको मतलगायत अनेकौं विषयमा केन्द्रित हुनुपरेको थियो । यही कारण सोचे अनुसार काम गर्न ग्राहो भयो । अब यो कुरा हाम्रो पार्टी नेतृत्वले महसुस गर्ने नै छ । २ महिनामा मात्रै मन्त्री बनाएर हटाउनु भनेको भविष्यसँग खेलवाड गर्नु हो । यस बिषयमा पार्टी बैठकमा गंभीर रुपमा छलफल र बहस हुनेछ । तपाई नै सरकारमा जानुपर्छ भन्यो भन्ने म जान्छु । बहुमतले गरेको निर्णय मान्न तयार छु । मैले मात्र भनेर र रहर गरेर मात्र केही हुँदैन ।
बजेट पास गराउन तपाईको पार्टीको भूमिका खासै उल्लेखनीय देखिएन नि ?
सत्ता पक्ष वा प्रतिपक्षमा बस्नु भएका सांसदहरुले रोष्टममा भन्नुभयो यो बजेट ठिक छैन सच्च्याउनुपर्छ । यस्ता आवाजहरु पटक पटक संसदमा उठाईयो । छलफल र बहस पनि भए । हामीले उठाएको आवाजलाई सरकारले वेवास्ता गरेपछि हामी तटस्थ बसेका हौं ।
सरकारमा जाने विषयमा महिनौंदेखि प्रधानमन्त्रीसँग तपाईहरुले के कुरा गरिरहनु भएको छ त ?
प्रधानमन्त्री प्रचण्डसँग कुरा हुँदा एकदम सकारात्मक हुनुहुन्छ । उहाँ जनमत पार्टी हामीसँग रहनुपर्छ भन्नुहुन्छ । बाहिर जानुहुँदैन र मिलेर सरकार चलाउनु्पर्छ भन्नुहुन्छ । यो कुरा उहाँले पटक पटक भन्नुु भएकै छ । तर अहिले आएर अलि लम्बिने जस्तो देखिएको छ । अब हामी धेरै कुर्ने अवस्थामा छैनौं । हामीले कुनै ठुलो डिमाण्ड राखेका छैनौ । हामीले पछिल्लो समय बजेटको विषयमा छलफल गरेका थियौँ । सत्ता पक्षका कतिपय सांसदले यो बजेटप्रति असहमति जनाएका थिए । प्रतिपक्ष दलहरुले विरोध नै गरेकै हो । विरोध भएपछि संशोधन गर्ने भनिएको थियो । तर पछि केही संशोधन नगरी पास गरियो ।
सरकारमा गएको पार्टी कस्को उस्काहटमा मन्त्री छोडेर किन बाहिरियो ?
हामीले यो सरकारलाई सुरुदेखि समर्थन गरेकै हो । त्यसकारण हामी सत्तापक्ष हौं । अव कुनै एउटा विकासे मन्त्रालय लिएर सरकारमा सामेल भएर जनताका लागि काम गरौं भन्ने हाम्रो पनि इच्छा र चाहना रहेको छ । तर त्यसमा प्रधानमन्त्री नै आलटाल गरिरनु भएको छ । मधेस प्रदेशमा यसअघि सहमति भएको आलोपालो सरकारको नेतृत्व पनि टुङ्ग्याउँ भनिरहेका छौँ । यी विषय राख्दा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । सबै कुरा हुन्छ मात्र भन्ने तर व्यवहारमा नउतार्ने प्रबृत्ति बढ्दै गएको छ । यसमा हामीलाई दुःख लागिरहेको छ ।
तपाईंले अचानक राजीनामा दिएर पुन नयाँ मन्त्रालय माग गर्नुको कारण के हो ?
मन्त्रालय आफैँमा कुनै खराब हुँदैन । जुनसुकै मन्त्रालयमा बसेर काम गर्न सकिन्छ । हामीले खानेपानी मन्त्रालयमा राम्रै काम गरेका थियौँ । सबैतिर कामको प्रशंसा भइरहेको थियो । प्रधानमन्त्री प्रचण्डले केही समय बस्नुस्, पछि मन्त्रालय परिवर्तन गरौँला भन्नु भएको थियो । हामीले दुई महिना भन्दा बढी चलायौँ र राम्रै काम पनि ग¥यौँ । तर हाम्रो सरोकार जनताको चाहनासँग हो । हाम्रो पार्टीको भूगोल जहाँ छ, त्यहाँको जनताको आवश्यकता के हो, उसले के चाहिरहेको छ, त्यसलाई पनि हामीले ख्याल गर्नुपर्छ । हामीले घरघर पानी पु¥याउँछौँ भनेका थिएनौँ । घरघरमा रोजगार सिर्जना गर्छौं भनेका थियौँ । किसानका लागि समयमा रासायनिक मल, बिउको व्यवस्था गर्छाैं भनेका थियौँ । त्यसैले हामीले उद्योग, कृषि, शहरी विकास मन्त्रालयमध्ये जुन दिए पनि हुन्छ भन्यौँ । प्रधानमन्त्री प्रचण्डले पनि हुन्छ भन्नुभयो । तर आज प्रधानमन्त्री प्रचण्डले आजभोलि भन्दै झुलाइरहनु भएको छ ।
मेलम्ची खानेपानी परियोजनाका मुख्य समस्या के–के रहेछन ?
प्राकृतिक विपत्तिका अगाडि हाम्रो के जोर चल्छ ? गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीमा ठुला क्षति ग¥यो । ड्याम पुरियो र भत्कियो । त्यहाँबाट पर्याप्त पानी ल्याउन अहिले सम्भव छैन । तत्काल अस्थायी ड्याम बनाउन जरुरी छ । त्यहाँ सानो ड्याम बनाउन कम्तीमा तीनदेखि चार महिना लाग्छ । सुरुङको क्षमता ५१ हजार लिटर छ, त्यसमा यांग्री र लार्केलाई जोड्न डेढदेखि दुई वर्ष लाग्छ । यो वर्ष त्यसको डीपीआर हुन्छ कि ? प्रतिदिन ५०÷५१ हजार लिटर पानी खसालेर काठमाडौं भित्र्याउन सकेमा काकाकुल काठमाडौंलाई पानीको अभाव हुँदैन । यस्तै सिस्नेरीमा डीपीआरको काम भइसकेको छ ।
जनता समाजवादी पार्टीसँग तपाईंहरूको तालमेल किन हुँदैन, जहिल्यै द्वन्द्व जस्तो किन र के का लागि ?
जनताको चाहना तराई मधेसमा जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टी नै मिलोस भन्ने रहेको छ । जनताको दबाव यी चार दल मिलुन भन्ने रहेको देखिन्छ । मैले यो विषयमा जसपा, लोसपा, उन्मुक्तिका सांसदहरूसँग एक चरणमा कुरा पनि गरेको छु । उहाँहरू सकारात्मक हुनुहुन्छ । तर उपेन्द्र यादवजी सकारात्मक हुनुहुन्न ।
उहाँको चाहना कुनै पनि परिवर्तनकारी शक्ति राजनीतिमा नआओस, नयाँ शक्तिहरू आइसकेपछि आफ्नो विरासत गुम्छ र आफनो सिंहासन ढल्छ भन्ने सोचमा हुनुहुन्छ । उनको मनसाय आफ्नो भाग कसैले नखोसोस् र अरुले अधिकार नपाओस् भन्ने रहेको छ । त्यसकारण कुरा बिग्रिरहेको छ । यही सानो सोचले मधेसमा धेरै कुरा बिगारेको छ । मुद्दा र एजेण्डा मिल्छ भने सहकार्य गर्नुपर्छ । तराई मधेसमा जसपा र जनमतको सहकार्य हुनुपर्छ । त्यसपछि मात्र मधेसको समस्या समाधान हुन्छ ।