दाङ। दाङको घाेराहीमा रहेकाे कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड देशभरकै उत्कृष्ट बचत तथा ॠण सहकारीकाे रुपमा सम्मानित भएको छ ।
दाङको लमहिमा आज बिहीबार भएको लुम्बिनी प्रदेश स्तरिय कार्यक्रममा सहकारीकाे विकास प्रवर्द्धन र सामाजिक रुपान्तरणमा पुर्याएकाे याेगदानकाे मूल्याङ्कन गर्दै देशभरमा उत्कृष्ट बचत सहकारी संस्थाकाे राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्मान पत्रका साथ सम्मान गरेकाे हो ।
गत पाैष १८ गते सम्पन्न सहकारी बैंककाे १९ अौं वार्षिक साधारणसभाका अवसरमा कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई देशभरमै उत्कृष्ट बचत सहकारी संस्थाकाे रुपमा घाेषणा गरेकाे थियाे ।
लुम्विनि प्रदेशका आन्तरीक मामिला कानुन तथा सहकारी मन्त्रालयका मन्त्रि सन्ताेष कुमार पाण्डेयले कलश सहकारीका अध्यक्ष बालचन्द्र शर्मालाई प्रमाणपत्र सहित सम्मान गर्नु भएको हो ।कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सहकारीलाई समाजमा उत्पादनमूलक कार्यमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.वि. उप्रेतीकाे अध्यक्षता एवं लुम्विनि प्रदेशका आन्तरीक मामिला कानुन तथा सहकारी मन्त्रालयका मन्त्रि सन्ताेष कुमार पाण्डेयकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियो ।
कार्यक्रममा अन्य विभिन्न विधाहरुमा उत्कृष्ट हुने दाङका हातेमालाे बचत तथा ऋण सहकारी,शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुभम् लघुउद्यम सहकारी संस्था लिमिटेड, राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहयाेगी बचत तथा ऋण सहकारी संस्था लगाएतलाई सहकारी संस्थाहरुलाई सम्मान गरिएकाे थियाे ।